nepalnewsuk

चन्द्रसूर्य F.M

Mon, November 10, 2025
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Nepal News Uk
No Result
View All Result

रूसले युक्रेनको राजधानीमा हान्यो ५०० भन्दा बढी ड्रोन र ब्यालिस्टिक मिसाइल

nepalnews uk by nepalnews uk
असार २०, २०८२
0
Share on FacebookShare on Twitter

रूसले युक्रेनमाथि ठूलो परिमाणको हवाई हतियारले आक्रमण गरेको छ।

गएराति रूसले युक्रेनको राजधानीमा किभ लगायतका सहरमा लक्ष्य बनाएर ५३९ वटा ड्रोन र ११ वटा क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी मिडिया सिएनएनले लेखेको छ।

युक्रेनी वायु सेनाले रूसबाट प्रहार भएकामध्ये ४७६ ड्रोन हवाइ प्रतिरक्षा प्रणालीले नष्ट पारेको बताएको छ।

युक्रेनको आपतकालीन सेवाका अनुसार आक्रमणका कारण धेरै शहरी जिल्लाहरूमा भवन र संरचनाहरूमा आगो लागेको छ। साथै बहु-तले भवनहरू पनि आंशिक रूपमा ध्वस्त भएका थिए। किभको रेलमार्गमा पनि क्षति पुगेको आपतकालीन सेवाका अधिकारीहरूलाई उद्धृत गरेर सिएनएनले लेखेको छ।

युक्रेनले रूसले गएराति गरेको हमलालाई युद्ध सुरू भएयताकै ठूलो हमला भनेको सिएनएनले जनाएको छ।

किभमा रूसी हमला रोक्न रातभरि डिफेन्स सिस्टम सक्रिय गराइएको थियो। रूसी हमला र युक्रेनी डिफेन्स सिस्टम सक्रिय हुँदा राजधानीवासीले रातभरि निद्रा नपाएको बताइएको छ।

आक्रमणमा परी कम्तिमा २३ जना घाइते भएका छन्। मृत्यु भएको रिपोर्ट नभएको सिएनएनले लेखेको छ।

विस्फोटको आवाज व्यापक भएपछि गएराति हजारौं मानिसहरूले मेट्रो स्टेशन र भूमिगत पार्किङमा आश्रय लिएका थिए भनेर सिएनएनले लेखेको छ।

‘ भयानक रात थियो। एक झमेट पनि निद्रा पाएनन्। यो अहिलेसम्मको खराब रात हो,’ युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले भने।

 राष्ट्रपति जेलेन्स्कीले पनि यसलाई देशले देखेको अहिलेसम्मकै ठूलो हवाइ हमला भनेका छन्।

उनले अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिरि पुटिनसँग कुरा भएको केही बेरपछि रूसले किभमा हमला गरेको बताए।

‘मिडियामा राष्ट्रपति ट्रम्प र पुटिनबीचको कुराकानी भएको मिडिया रिपोर्ट र किभमा हमला एकैसाथ बज्न थाले। रूसले युद्ध र आतंक अन्त्य गर्ने कुनै मनशाय देखाएन,’ उनले भने।

 राष्ट्रपति ट्रम्पले गएराति ट्रुथ सोसलमार्फत पुटिनसँग कुराकानी गर्न लागेको भनेर जानकारी दिएका थिए। पछि पुटिनसँगको कुराकानी सकारात्मक हुन नसकेको सिएनएनले जनाएको छ।

उनीहरूबीच झन्डै एक घन्टा लामो कुराकानी भएको थियो। त्यसमा युद्धविरामबारे पुटिन सहमत नभएको ट्रम्पले बताएका छन्।

रूसले जुन महिनामा मात्र युक्रेनविरुद्ध लगभग ८० ब्यालिस्टिक क्षेप्यास्त्र, ५,००० ड्रोन, ५,००० ग्लाइडिङ बमसहित ३३० भन्दा बढी क्षेप्यास्त्रहरू प्रहार गरेको सिएनएनले जनाएको छ।

बिहीबार मात्रै कुर्स्क क्षेत्रमा युक्रेनसँगको लडाइँमा रूसी नौसेनाको उपप्रमुख नै मारिएका थिए। 

Banner News, Breaking News, देश/विदेश
Post Views: 110
Loading spinner

संबन्धित समाचार

Banner News

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२
Breaking News

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२
देश/विदेश

३ हजार वर्षअघि ऋषि सुश्रुतले नेपालमा सर्जरी गरेका थिए : प्रधानमन्त्री ओली 

असार ३०, २०८२
Breaking News

लामुखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ? कसरी थाहा पाउने?

असार २१, २०८२
Next Post

पसल बन्द गरेर सडकमा उत्रिए सुनचाँदी व्यवसायीहरू

Leave Comment

ताजा खबर

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया ‘घुस डिल’

असार ३१, २०८२

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

असार ३१, २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

असार ३०, २०८२

ब्लग

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

by शिव ढकाल
असार ३०, २०८२
0

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

नयाँ सेवा हरू र अद्यावधिकहरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by nepalnews uk
फाल्गुन २८, २०८१
0

हामी प्रमाणित तथ्यमा आधारित र जनचासोका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित समाचार प्रदान गर्छौं। हाम्रो प्लेटफर्ममा पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन, खेलकुद लगायतका विविध विषयका समाचार तथा विश्लेषण पाउन सक्नुहुन्छ।

Contact Us

LocationUnited Kingdom

Emailinfo@nepalnewsuk.com

  • Contact Us

Copyright © 2025 Nepal News UK, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 Nepal News UK, All Rights Reserved