nepalnewsuk

चन्द्रसूर्य F.M

Mon, November 10, 2025
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Nepal News Uk
No Result
View All Result

एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ– विद्या भण्डारी

nepalnews uk by nepalnews uk
असार २७, २०८२
0
Share on FacebookShare on Twitter

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइसकेको उनले बताएकी छन्।

सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि आम सञ्चार माध्यममा पहिलो पटक बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताएकी हुन्।

पत्रकार जगदिश खरेललाई अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई खरेलले एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गरेका थिए।

जबाफमा उनले भनिन्, ‘तपाईंले भनेको कुरामा सत्यता छ। ११ औं महाधिवेशन तोकिएको छैन। तर यो सार्वजनिक बहसको विषय भइसक्यो। मेरो कुरा त्यही लाइनतिरै जान्छ। समय आउनुपर्‍यो नि!’

एमालेको नेतृत्व लिनकै लागि सक्रिय राजनीतिमा फर्किएको हो भन्ने खरेलको प्रश्नमा भण्डारीले भनिन्, ‘त्यसमा कुनै सन्देह छ र?’ 

दुई कार्यकाल राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्केर अब प्रधानमन्त्री बन्ने हो भन्ने खरेलको प्रश्नमा भण्डारीले आफू सबै विकल्पका लागि खुला रहेको बताएकी छन्।

‘पूर्वराष्ट्रपतिले लिने सबै सुविधा परित्याग गरेर म जनताको सेवा गर्न र राष्ट्रिय आकांक्षा पूरा गर्न आएकी हुँ। यो वा त्यो भन्ने बेला भएको छैन। जे गर्दा (देशलाई) राम्रो हुन्छ, त्यही गर्ने हो,’ उनले भनिन्।

५५ मिनेटभन्दा लामो अन्तर्वार्तामा खरेलले भण्डारीलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका बारे, कांग्रेस सभापति शेरबहादुर देउवाले उनको राजनीतिमा भएको पुनरागमनबारे राखेको धारणाबारे प्रश्न गरेका थिए।

पार्टी अध्यक्षमा ओली अझै दोहोरिने विश्वास आफूलाई नभएको बताउँदै उनले भनिन्, ‘उहाँ दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो। मैले चिनेको केपी ओली अझै मै हुन्छु भन्ने खालको होइन। एउटै कक्षाको जाँच दोहोर्‍याएर दिन्नँ भन्ने मान्छे हो उहाँ। उहाँ अध्यक्षमा दोहोरिनु हुन्न भन्ने मेरो विश्वास छ।’ 

अध्यक्ष ओलीले राजनीतिमा भएको आफ्नो आगमनलाई स्वागत नै गरेको दाबी गर्दै भण्डारीले उनीसँग निरन्तर संवाद भइरहेको बताएकी छन्।

‘उहाँसँग निरन्तर संवाद भइरहेको छ,’ उनले भनिन्, ‘मेरो निर्णयलाई उहाँले हार्दिक रूपमा लिएको ठानेकी छु। सकारात्मक छ, ठीक छ भन्नुभएको छ।’

एकै जना व्यक्तिले नेतृत्व सधैं धानिरहन नसक्ने उल्लेख गर्दै उनले आफ्नो टिमको कसैलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइन्।

‘मलाई आशा र विश्वास छ, मेरो निर्णयलाई उहाँले स्वागत गर्नुहोला,’ उनले भनिन्।

कांग्रेस सभापति देउवाले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउँदा प्रणालीमा समस्या आउने बताएको र ओलीले एमालेको संस्थगत चाहना बेगरै भण्डारी राजनीतिमा आउन लागेको बताएका थिए।

त्यसबारे भण्डारीले आफू नेपालको छोरी भएको र अहिले राजतन्त्रात्मक व्यवस्था नभएको उल्लेख गर्दै आफ्नोबारे किन छलफल भयो भन्नेमै आश्चर्य लागेको बताइन्।

पूर्वराष्ट्रपति राजनीतिमा आउँदा पदको गरिमा घट्छ भन्नु फुर्सदको कुरा भएको उनको भनाइ छ।

Post Views: 88
Loading spinner

संबन्धित समाचार

Breaking News

व्यवसायिक सेवा हरूको सुधार

फाल्गुन २८, २०८१
अन्तरवार्ता

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

फाल्गुन २८, २०८१
Breaking News

व्यवसायी हरूको लागि एक प्लेटफर्म

फाल्गुन २८, २०८१
अन्तरवार्ता

नयाँ सेवा हरू र अद्यावधिकहरू

फाल्गुन २८, २०८१
Next Post

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

Leave Comment

ताजा खबर

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया ‘घुस डिल’

असार ३१, २०८२

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

असार ३१, २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

असार ३०, २०८२

ब्लग

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

by शिव ढकाल
असार ३०, २०८२
0

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

नयाँ सेवा हरू र अद्यावधिकहरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by nepalnews uk
फाल्गुन २८, २०८१
0

हामी प्रमाणित तथ्यमा आधारित र जनचासोका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित समाचार प्रदान गर्छौं। हाम्रो प्लेटफर्ममा पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन, खेलकुद लगायतका विविध विषयका समाचार तथा विश्लेषण पाउन सक्नुहुन्छ।

Contact Us

LocationUnited Kingdom

Emailinfo@nepalnewsuk.com

  • Contact Us

Copyright © 2025 Nepal News UK, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 Nepal News UK, All Rights Reserved