काठमाडौँ — राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले आगामी आर्थिक वर्षका लागि १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ ।शुक्रबार गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य सुनाएका हुन् ।
यस्तै,राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो र तल्लो दुवै सीमा घटाएको छ । यो व्यवस्थाले बजारमा थप मुद्रा आपुर्ति हुने छ ।

