nepalnewsuk

चन्द्रसूर्य F.M

Mon, November 10, 2025
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Nepal News Uk
No Result
View All Result

इसराइली हमलामा इरानका राष्ट्रपति पेजेस्कियन घाइते भएको खुलासा

शिव ढकाल by शिव ढकाल
असार ३०, २०८२
0
Share on FacebookShare on Twitter

गत महिना इसराइलले गरेको आक्रमणमा परी इरानका राष्ट्रपति मसउद पेजेस्कियन घाइते भएको खुलेको छ।

इरानको रिभोलुसनरी गार्ड कोरनिकट फार्स न्युजले १६ जुनमा इसराइलले गरेको हवाई आक्रमणमा राष्ट्रपति पेजेस्कियन घाइते भएको उल्लेख गरेको छ।

इसराइलले इरानमाथि १३ जुनमा आक्रमण सुरू गरेको थियो।

बिबिसीका अनुसार त्यतिबेला तेहरानको एउटा भूमिगत संरचनामा राष्ट्रपति पेजेस्कियनले सैन्य अधिकारीहरूसहित राष्ट्रिय सुरक्षा परिषदको बैठक सञ्चालन गर्दै थिए।

इसराइलले उक्त भूमिगत संरचनाको प्रवेशद्वार र बाहिरिने ठाउँ दुवै तर्फ ६ वटा बम खसालेको थियो भनेर फार्स न्युजलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।

त्यसपछि राष्ट्रपति पेजेस्कियनसहित त्यहाँ सहभागीहरू आपतकालीन सुरूङमार्गबाट बाहिरिएका थिए।

त्यहाँ विद्युत आपूर्तिसमेत बन्द भएका थिए। यद्यपि राष्ट्रपति पेजेस्कियन ज्यान जोगाउन सफल भएका थिए भनेर फार्सले लेखेको छ।

आक्रमणमा परी राष्ट्रपति पेजेस्कियनको खुट्टामा चोट लागेको थियो।

फार्सले यी रिपोर्ट सार्वजनिक गर्दा घटनाको स्वतन्त्र पुष्टि भने गरेको छैन। इसराइली पक्षले पनि रिपोर्टबारे केही बोलेको छैन।

राष्ट्रपति पेजेस्कियनले गत हप्ता इसराइलले आफ्नो हत्या गर्ने योजना बनाएको भनेका थिए।

जसमा इसराइली विदेशमन्त्री इसराइल कात्जले पेजेस्कियनको दाबी झुटो भनेका थिए।  उनले इसराइली आक्रणको उद्धेश्य इरानको सत्ता परिवर्तन नभएको बताएका थिए।

यद्यपि १२ दिनको युद्धमा इसराइलले पश्चिमी तेहरानको पहाडी क्षेत्रमा लगातार हमला गरेको थियो। चौथो दिन गोप्य भूमिगत संरचनाहरूलाई लक्ष्य गरेर इरानले हमला गरेको भनिएको छ। जहाँ इरानका उच्च नेताहरु उपस्थित थिए।

इरानले इसराइली एजेन्टहरूले घुसपैठ गरेको भनेर अहिले अनुसन्धान गरिरहेको छ।

इसराइलले आक्रमणको पहिलो दिन नै इरानी सेना, इस्लामिक रिभोलुसनरी गार्ड कोर र आणविक वैज्ञानिकहरूको हत्या गरेको थियो। आइआरजिसीकै मुख्यालय र विभिन्न संरचनाहरूलाई लक्ष्य बनाएको थियो।

आइआरजिसी र सेनाको चेन अफ कमान्ड नै ध्वस्त हुने गरी उच्च अधिकारीहरूको हत्या भएपछि इरानले चौबीस घन्टा निर्णय लिन नसक्ने अवस्था आएको थियो।

 त्यतिबेला इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई पनि इसराइलले मार्ने योजना बनाएको रिपोर्ट सार्वजनिक भएका थिए। पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकेपछि इसराइलल इरानी सर्वोच्च नेताको हत्या गर्ने योजनाबाट पछि हटेको भनिएको थियो।

बिबिसीले भने त्यतिबेला खामेनी बसेको बंकर इसराइली पक्षले पत्ता लगाउनै नसकेको भनेको छ।  खामेनीलाई गोप्य र अत्यन्त सुरक्षित स्थानमा सारिएपछि उनलाई इसराइलले ट्र्याक गर्न नसकेको समाचारमा उल्लेख छ।

खामेनीले युद्धविराम भएको तीन दिनपछि भिडिओ सन्देश सार्वजनिक गरेका थिए।

अघिल्लो साता अशुराको सिया पर्वको एक दिन अघि उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए।

इरानले आफ्नो  शीर्ष अधिकारी र सैन्य कमान्डरहरूको ठेगानासँगै संवेदनशील र गोप्य संरचनाहरूको स्थान कसरी पत्ता लगायो भन्ने अझै पत्ता लगाउन सकेको छैन। 

Post Views: 108
Loading spinner

संबन्धित समाचार

Breaking News

व्यवसायिक सेवा हरूको सुधार

फाल्गुन २८, २०८१
अन्तरवार्ता

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

फाल्गुन २८, २०८१
Breaking News

व्यवसायी हरूको लागि एक प्लेटफर्म

फाल्गुन २८, २०८१
अन्तरवार्ता

नयाँ सेवा हरू र अद्यावधिकहरू

फाल्गुन २८, २०८१
Next Post

प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए

Leave Comment

ताजा खबर

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया ‘घुस डिल’

असार ३१, २०८२

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

असार ३१, २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

असार ३०, २०८२

ब्लग

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

by शिव ढकाल
असार ३०, २०८२
0

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

नयाँ सेवा हरू र अद्यावधिकहरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by nepalnews uk
फाल्गुन २८, २०८१
0

हामी प्रमाणित तथ्यमा आधारित र जनचासोका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित समाचार प्रदान गर्छौं। हाम्रो प्लेटफर्ममा पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन, खेलकुद लगायतका विविध विषयका समाचार तथा विश्लेषण पाउन सक्नुहुन्छ।

Contact Us

LocationUnited Kingdom

Emailinfo@nepalnewsuk.com

  • Contact Us

Copyright © 2025 Nepal News UK, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 Nepal News UK, All Rights Reserved