nepalnewsuk

चन्द्रसूर्य F.M

Mon, November 10, 2025
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Nepal News Uk
No Result
View All Result

ब्रोकर कम्पनीको चुक्ता पूँजी पुर्‍याउने समय ९ महिना थपिँदै

nepalnews uk by nepalnews uk
असार २०, २०८२
0
Share on FacebookShare on Twitter

धितोपत्र ब्रोकर कम्पनीलाई चुक्ता पूँजी पुर्‍याउने समय थप गरिने भएको छ । असार मसान्तसम्मको समय सीमा सकिँदै गर्दा ९ महिना थप्ने तयारी भएको हो ।

धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पूँजी पुर्‍याउने समय चैत मसान्तसम्म कायम गर्ने भएको हो । नियमावली संशोधन गर्न अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ ।‘धितोपत्र ब्रोकर मर्जरसम्बन्धी निर्देशिका केही ढिला आएकाले पनि चुक्ता पूँजी बढाउने अवधि चैत मसान्तसम्म कायम गर्नेगरी नियमावली संशोधन गर्न प्रस्ताव गरेका छौं’ प्रवक्ता निरञ्जय घिमिरेले भने ।

बोर्डले ब्रोकर कम्पनीलाई चुक्ता पूँजी बढाउनेगरी समयावधि पहिले नै तोके पनि मर्जरबाट पूँजी पुर्‍याउने सम्बन्धी निर्देशिका भने गत चैतमा मात्रै तयार गरेको थियो ।सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई चुक्ता पूँजी २० करोड तथा पूर्ण कार्य गर्नेका लागि ६० करोड रुपैयाँ तोकिएको छ । पछिबाट थपिएका नयाँ ब्रोकर कम्पनी सबैले तोकिएको चुक्ता पूँजी पुर्‍याए पनि पुराना अधिकांशको पुगेको छैन । पछिबाट सञ्चालनमा आएका ४० सहित अहिले कुल ९० ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

५० पुराना ब्रोकर कम्पनीमध्ये दुई दर्जन कम्पनीले चुक्ता पूँजी पुर्‍याउन बाँकी रहेको बोर्डले जनाएको छ । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आउनुअघि सीमित कार्य गर्नेका लागि जम्मा २ करोड चुक्ता पूँजी तोकिएको थियो भने पूर्ण कार्य गर्नेका लागि २० करोड थियो ।चुक्ता पूँजी वृद्धिका लागि मर्जर एउटा विकल्प भए पनि यस सम्बन्धी निर्देशिका बोर्डले गत चैतमा मात्रै तयार गरेको थियो । जसले गर्दा मर्जरमा गएर पूँजी पुँजी पुर्‍याउन चाहनेलाई समयसीमा नै अपर्याप्त हुन गयो ।

मर्जर वा एक्विजिनमा जाने ब्रोकर कम्पनीबीच सम्झौता भएको ६ महिनाभित्र सम्पन्न हुनुपर्ने व्यवस्था धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिकामा उल्लेख छ ।

पूँजीअनुसार बिजनेस विस्तारमा चुनौती

ब्रोकर कम्पनीको सेवा अहिले अपर्याप्त रहेको उनले बताए । ब्रोकरमार्फत मार्जिन लेन्डिङका काम समेत हुन सकेको छैन । ब्रोकर कम्पनीलाई एडभाइजरी तथा पोर्टफोलियो म्यानेजमेन्टको कार्य गर्नका लागि बाटो खोल्नुपर्ने सञ्चालकहरु बताउँछन् ।

विश्वका अरू बजारमा पनि ब्रोकर कम्पनीले नै पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेका हुन्छन् । ‘हाम्रोमा ५ करोड पूँजी भएका मर्चेन्ट बैंकले पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिइरहेका छन्’ ढकालले भने ‘तर २० करोड पूँजी भएका हाम्रा कम्पनीले दिन पाएका छैनन्, त्यसैले अहिले बिजनेस पुगिरहेको छैन ।’

ब्रोकरमा कारोबार गरिरहेका ग्राहक नै अहिले एडभाइजरी वा पोर्टफोलियो म्यानेजमेन्ट सेवा लिन मर्चेन्ट बैंकमा गइरहेका छन् । ‘हामीले नयाँ काम मागेकै छैनौं, अन्तर्राष्ट्रिय बजारमा चलिरहेका काम, व्यवहारलाई यहाँ प्रयोग गरौं भनेको हो’ ।

Post Views: 110
Loading spinner

संबन्धित समाचार

बिजनेस

घाँटीबाट तार छिराएर नेपालमै पहिलो पटक मस्तिष्क पक्षघातको उपचार

असार ३०, २०८२
समाचार

कांग्रेस अनुशासन समितिको कारबाही किन अवैधानिक: गुरु घिमिरे

असार २६, २०८२
बिजनेस

व्यवसायीले बढाइदिए अन्डाको भाउ क्रेटमा ५५ रुपैयाँ

असार २१, २०८२
Breaking News

लामुखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ? कसरी थाहा पाउने?

असार २१, २०८२
Next Post

सर्वोच्चको फैसलामा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई:

Leave Comment

ताजा खबर

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया ‘घुस डिल’

असार ३१, २०८२

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

असार ३१, २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

असार ३०, २०८२

ब्लग

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

by शिव ढकाल
असार ३०, २०८२
0

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

नयाँ सेवा हरू र अद्यावधिकहरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by nepalnews uk
फाल्गुन २८, २०८१
0

हामी प्रमाणित तथ्यमा आधारित र जनचासोका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित समाचार प्रदान गर्छौं। हाम्रो प्लेटफर्ममा पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन, खेलकुद लगायतका विविध विषयका समाचार तथा विश्लेषण पाउन सक्नुहुन्छ।

Contact Us

LocationUnited Kingdom

Emailinfo@nepalnewsuk.com

  • Contact Us

Copyright © 2025 Nepal News UK, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 Nepal News UK, All Rights Reserved