nepalnewsuk

चन्द्रसूर्य F.M

Mon, November 10, 2025
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Nepal News Uk
No Result
View All Result

कांग्रेस अनुशासन समितिको कारबाही किन अवैधानिक: गुरु घिमिरे

nepalnews uk by nepalnews uk
असार २६, २०८२
0
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नरहेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

विहीबार विशालनगरमा बसेको उक्त समूहको बैठकमा अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको र यसको प्रतिवाद गर्ने निर्णय भएको छ ।यो कारबाही किन अवैधानिक छ र यसको प्रतिवाद कसरी गर्ने ? बैठकपछि शेखर समूहको रणनीति बारे नेता गुरुराज घिमिरेको भनाइ :

४ कारण अवैधानिक छ कारबाही

१. केन्द्रीय समितिको बैठकपश्चात् पार्टी सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय पाँच जना बसेर अहिले अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने भन्ने सहमतिविपरीत त्यो निर्णय आएको छ।

२. नेपाली कांग्रेसको विधानको भावना र नियमावलीको २८(१) मा गरिएको व्यवस्था अन्तर्गत कुनै पनि पार्टीको सदस्यउपर उजुरी परेको अथवा पार्टीको नियमावली जारी भएको छ महिनाभित्र अनुशासनको कारबाही टुंग्याइसक्नुपर्छ। उजुरी परेको लगभग-लगभग अढाइ वर्षपछि यो कारबाहीको निर्णय बाहिर आएको छ। एक प्रकारले यो कारबाही नै अवैधानिक छ। अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावलीविपरीत छ। अवैधानिक छ।

३. यो पक्षपातपूर्ण छ। यो गुट प्रेरित छ र यो पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने, पाखा लगाउने उद्देश्यमा आधारित छ।

४.  यो निर्णय बहुमत-अल्पमतका आधारमा गरिएको छ। अनुशासन समितिका पाँच जना सदस्यहरूमध्ये दुई जना सदस्यले यसमा नोट अफ डिसेन्ट लेख्नुभएको छ। त्यहाँ भएको सहमति, विधानको व्यवस्था, नियमावलीको व्यवस्था, त्यहाँ गरिएको पक्षपात, त्यहाँ प्रारम्भमा भएको समझदारीको विपरीत छ।

यो एक प्रकारले कारबाही चाहिँ राजनीतिक रूपबाट पनि अभिप्रेरित छ। वैधानिक रूपबाट यो विधानको मर्म र भावनाअनुकूल छैन। समग्रमा यही हो।

प्रतिरोधको ३ चरण

यसबारे आजको बैठकमा दुई-तीन चरणका कुराहरू भएका छन् ।

१. पार्टी सभापतिलाई यो कारबाहीका विषयमा पार्टीका नेताहरूले कुरा गर्ने, जुन तहमा कुरा गरेर सहमति भएको थियो, पार्टीको उपसभापति, महामन्त्रीहरूले कुरा गरेर यो अनुशासनको कारबाहीको प्रक्रिया अगाडि नबढाउने सहमति भएको थियो । त्यो कुरा सभापतिलाई सम्झाउने।

२. पार्टी नेताहरू, शेखर कोइराला लगायतका नेताहरूले नै सभापतिलाई यो कुरा अवगत गराउने। र यो फेरि पार्टी अनुशासन समितिको बहुमतले एकपक्षीय रूपमा गरेको कारबाही अन्तिम हुँदैन । यो कारबाहीको प्रस्ताव हो। केन्द्रीय समिति समक्ष यो प्रस्ताव जान्छ। र यो प्रस्तावका विषयमा केन्द्रीय समितिले गएका पुनरावेदनहरू उपर छलफल गरेर त्यसमा पुनरावलोकन गर्छ। त्यो प्रक्रियामा पनि साथीहरू अगाडि बढ्नुहुन्छ। पुनरावलोकनको प्रक्रियामा पनि साथीहरू अगाडि बढ्नुहुन्छ।

३. पार्टीभित्र प्रतिस्पर्धी समूहलाई पाखा लगाउने, पेल्ने जुन प्रयत्न भएको छ, त्यसको सालिन र सभ्य रूपबाट त्यसको प्रतिवाद हुन्छ।

प्रतिवाद भेलाबाट होला, विज्ञप्तिबाट होला । त्यसका स्वरूपहरू हामी तय गर्छौं ।

Post Views: 109
Loading spinner

संबन्धित समाचार

Breaking News

लामुखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ? कसरी थाहा पाउने?

असार २१, २०८२
बिजनेस

ब्रोकर कम्पनीको चुक्ता पूँजी पुर्‍याउने समय ९ महिना थपिँदै

असार २०, २०८२
बिजनेस

यो साता ४ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी

असार २०, २०८२
Banner News

सरकारी कर्मचारीलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली

असार २०, २०८२
Next Post

सरकारले गर्‍यो एकै दिन पौने २२ अर्ब रुपैयाँ भुक्तानी

Leave Comment

ताजा खबर

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया ‘घुस डिल’

असार ३१, २०८२

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

असार ३१, २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

असार ३०, २०८२

ब्लग

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

by शिव ढकाल
असार ३०, २०८२
0

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

नयाँ सेवा हरू र अद्यावधिकहरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by nepalnews uk
फाल्गुन २८, २०८१
0

हामी प्रमाणित तथ्यमा आधारित र जनचासोका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित समाचार प्रदान गर्छौं। हाम्रो प्लेटफर्ममा पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन, खेलकुद लगायतका विविध विषयका समाचार तथा विश्लेषण पाउन सक्नुहुन्छ।

Contact Us

LocationUnited Kingdom

Emailinfo@nepalnewsuk.com

  • Contact Us

Copyright © 2025 Nepal News UK, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 Nepal News UK, All Rights Reserved