nepalnewsuk

चन्द्रसूर्य F.M

Mon, November 10, 2025
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट
No Result
View All Result
Nepal News Uk
No Result
View All Result

मेयर बालेनले कार्यपालिका बैठकमा बोलाए प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई

nepalnews uk by nepalnews uk
असार २७, २०८२
0
Share on FacebookShare on Twitter

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ।

शुक्रबार दिउँसो २ बजे बस्नेगरी मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्।

काठमाडौं महानगरले नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन। स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने उल्लेख छ।

तर मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण कार्यपालिका बैठक बस्न नसक्दा तोकिएकै समयमा बजेट ल्याउन महानगर असफल भएको छ।

उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूले लगातार छलफल गरेपछि मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदामा राखेर कार्यपालिका बैठक बोलाउने पक्षमा थिए। 

शुक्रबार भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सँगै राखेर बैठक बस्न बालेन तयार भएका छन्।

दिउँसो २ बजे बस्ने कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतलाई पनि आमन्त्रण गरिएको मेयर बालेनको सचिवालयले जनाएको छ।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार प्रमुख प्रशासकीय अधिकृतसहित सबै सदस्यहरूलाई कार्यपालिका बैठकका लागि आमन्त्रण गरिएको छ।

‘प्रमुख प्रशासकीय अधिकृतलाई पनि कानुनअनुसार बैठकका लागि आमन्त्रण गरेका छौं,’ उनले भने।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि बैठकका लागि मेयर बालेनले बोलाएको बताए।

‘म अहिले अफिस जाँदै छु। बैठकका लागि मेयर साबले बोलाउनुभएको छ। पहिले पनि बाधक बन्दिन भनेको थिएँ,’ उनले भने।  

आज कार्यपालिका बैठकअघि  बिहान ११ बजे बजेट निर्धारण सिमा समितिको बैठक बस्नेछ। मेयर नेतृत्वमा रहेको उक्त समितिमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहन्छन्।

बजेट निर्धारण सिमा समितिको बैठकपछि उपमेयर नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।

त्यसपछि कार्यपालिको बैठक बस्नेछ।   

कार्यपालिका बैठकमा विभिन्न विभागहरूबाट ल्याएका प्रस्तावहरू पेस हुनेछ।

त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छलफल गर्ने कार्यसूची रहको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

आजकै कार्यपालिका बैठकले नगर सभा बोलाउन मिति तय गर्नेछ।

Source( Setopati.com)

Post Views: 81
Loading spinner

संबन्धित समाचार

अन्तरवार्ता

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

फाल्गुन २८, २०८१
अन्तरवार्ता

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

फाल्गुन २८, २०८१
अन्तरवार्ता

नयाँ सेवाहरू र अद्यावधिकहरू

फाल्गुन २८, २०८१
अन्तरवार्ता

व्यवसायीहरूको लागि एक प्लेटफर्म

फाल्गुन २८, २०८१
Next Post

मौद्रिक नीति : आगामी वर्ष कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत 

Leave Comment

ताजा खबर

उपेन्द्रसँग भूमि विधेयकबारे ओली र देउवाले राखे यी प्रस्ताव, उपेन्द्रले राखे शर्त

असार ३१, २०८२

अब सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

असार ३१, २०८२

पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया ‘घुस डिल’

असार ३१, २०८२

संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?

असार ३१, २०८२

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

असार ३०, २०८२

ब्लग

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न आइजिपीलाई गृहमन्त्री लेखकको निर्देशन

by शिव ढकाल
असार ३०, २०८२
0

नयाँ सेवाहरू र अद्यावधिक हरूनयाँ सेवाहरू र अद्यावधिक हरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

नयाँ सेवा हरू र अद्यावधिकहरू

by nepalnews uk
फाल्गुन २८, २०८१
0

व्यवसायको भविष्यमा हाम्रो दृषटिकोन

by nepalnews uk
फाल्गुन २८, २०८१
0

हामी प्रमाणित तथ्यमा आधारित र जनचासोका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित समाचार प्रदान गर्छौं। हाम्रो प्लेटफर्ममा पाठकहरूले राजनीति, अर्थतन्त्र, मनोरञ्जन, खेलकुद लगायतका विविध विषयका समाचार तथा विश्लेषण पाउन सक्नुहुन्छ।

Contact Us

LocationUnited Kingdom

Emailinfo@nepalnewsuk.com

  • Contact Us

Copyright © 2025 Nepal News UK, All Rights Reserved

No Result
View All Result
  • 🏠
  • समाचार
    • देश/विदेश
    • बिजनेस
    • प्रविधि
    • अन्य
  • राजनीति
  • समाज
  • अन्तरवार्ता
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • ब्लग
  • पडकास्ट

Copyright © 2025 Nepal News UK, All Rights Reserved